७ आश्विन २०८३, बुधबार | September 23, 2026

विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडानको तयारी, पुसदेखि रात्रिकालीन खेल गर्न सकिने



मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकुद हेर्ने चाहना आगामी मंसिरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकुद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो ।

सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौंको दशरथ रङ्गशालापछि यो दोस्रो रहेको मानिन्छ । प्रदेश सरकारको पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो ।

विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकुदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री शुक्रबार रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ ।

गत वर्षको १ असोजमा सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए । ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड-१९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज