२४ बैशाख २०८१, सोमबार | May 7, 2024

विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडानको तयारी, पुसदेखि रात्रिकालीन खेल गर्न सकिने



मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकुद हेर्ने चाहना आगामी मंसिरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकुद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो ।

सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौंको दशरथ रङ्गशालापछि यो दोस्रो रहेको मानिन्छ । प्रदेश सरकारको पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो ।

विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकुदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री शुक्रबार रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ ।

गत वर्षको १ असोजमा सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए । ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड-१९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ३८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,