२० आश्विन २०८३, मंगलबार | October 6, 2026

दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपालगञ्जमा दाङका एक पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका तुलसीपुर उपमहानगरपालिका-९ का ४८ वर्षीय पुरुषको आइतबार राति सवा ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि ४८ वर्षीय पुरुष कात्तिक १० गते भेरी अस्पतालमा भर्ना भएका थिए । भोलिपल्ट उनमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले रोगको प्रकृति अनुसारको उपचार गरे पनि उनको आइतबार राति मृत्यु भएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ४४ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११