७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाको कारण बाँकेमा वडा सदस्य महिलाको मृत्यु



नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मृतक महिलालाई गत कात्तिक ४ गते संक्रमण पुष्टि भई उसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिईन ।

नेपालगञ्ज उपमहानगर वडानं. २ की ६७ वर्षिया महिलाको उपचारको क्रममा सोमबार बिहान १०:३० बजे मृत्यु भएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनी सोही वडाबाट निर्बाचित वडा सदस्य हुन ।

फोकलपर्शन श्रेष्ठका अनुसार मृतकलाई रोगको प्रकृति अनुसारको आवश्यक पर्ने सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआई आज बिहान साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बाँकेका दुई अस्पतालमा पछिल्लो ४८ घण्टाको अवधिमा ७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४ गरी ४८ घण्टाको अवधिमा ७ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँके र दाङका तीन-तीन र कैलालीका एक जना रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । यो संगै कोरना संक्रमणका कारण ज्यान गुमाउनेमा ३४ जना पुगेका छन् भने बाहिर जिल्लाबाट उपचार गराउन आएका २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११