६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोनाको कारण बाँकेमा वडा सदस्य महिलाको मृत्यु



नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मृतक महिलालाई गत कात्तिक ४ गते संक्रमण पुष्टि भई उसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिईन ।

नेपालगञ्ज उपमहानगर वडानं. २ की ६७ वर्षिया महिलाको उपचारको क्रममा सोमबार बिहान १०:३० बजे मृत्यु भएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनी सोही वडाबाट निर्बाचित वडा सदस्य हुन ।

फोकलपर्शन श्रेष्ठका अनुसार मृतकलाई रोगको प्रकृति अनुसारको आवश्यक पर्ने सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआई आज बिहान साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बाँकेका दुई अस्पतालमा पछिल्लो ४८ घण्टाको अवधिमा ७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४ गरी ४८ घण्टाको अवधिमा ७ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँके र दाङका तीन-तीन र कैलालीका एक जना रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । यो संगै कोरना संक्रमणका कारण ज्यान गुमाउनेमा ३४ जना पुगेका छन् भने बाहिर जिल्लाबाट उपचार गराउन आएका २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : २२ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको