६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

मोरङमा थप चार संक्रमितको मृत्यु



मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर-६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका-६ का ५४ वर्षीय पुरुषको सङक्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

मृतक मध्ये ८३ वर्षीय पुरुष यही कात्तिक १४ सङकमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा सङक्रमण देखिएको थियो ।

यसैगरी सङ्क्रमणका कारण विराटनगर-१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ देखिएका कात्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।

प्रदेश १ मा ४४९ जना निको, २५९ थप सङ्क्रमित

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् । आज थपिएका सङ्क्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुई दुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा आज एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : २७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र