२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘याद’ लिएर आए कमल खत्री



काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ । यस गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन ।

म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन । रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो । आस्था मिडियाको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

यसघि आफ्नो पहिलो डेब्यु गीत ‘पहिलो माया’ मार्फत चर्चा कमाएका गीतकार लम्सालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : १८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको