१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

काभ्रेका जनप्रतिनिधिमा कोरोना संक्रमण फैलिँदै



काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेशनमा रहेका छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकालाई सतर्कताको अपिल गरेका छन् । पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै रहेका छन् ।

बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिहेका छन् । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै रहेका छन् । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भएका थिए ।

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । हालसम्म सङ्क्रमित हुनेमा स्थानीय तहका चार प्रमुख रहेका छन् । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् ।

“जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उहाँहरुलाई स्वास्थ्य-सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले भने । उनका अनुसार यसअघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ ।

सहायक प्रजिअ लक्ष्मीदेवी हुमगाईले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअलगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकको सेवा यही कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख गरेकी छिन् ।

यसैबीच काभ्रेपलाञ्चोकमा सोमबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक हजार ७७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २२६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २२९ बनेपा नगरका हुन् ।

धुलिखेलमा ११०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ-छ, तेमालमा तीन तथा भुम्लु, महाभारत, खानीखोला र चौँरीदेउरालीमा एकएक सङ्क्रमित छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४७९ उपचाररत रहेको पोष्टले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ३६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा