१४ असार २०८३, आइतबार | June 28, 2026

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक, कोरोना संक्रमित सिता महराको आज बिहान निधन



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । गत कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं पु-याएर नर्भिक अस्पतालमा भर्ना गरिएकी महरा पत्नी सिता महराको बुधबार बिहान निधन भएको छ ।

गम्भीर अवस्थामा काठमाडौं पु¥याईएकी महरालाई १५ गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

सिता महराको कृष्णबहादुर महरा सँग २०३५ सालमा विवाह भएको थियो। उनको दुई छोरा र दुई छोरी रहेका छन्।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । उनीमा नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ समेत देखिएको थियो।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : २४ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट