१ चैत्र २०८२, आइतबार | March 16, 2026

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, ३३०९ जनामा सक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन ।

गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ सय २२ पुगेको छ ।

हाल १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त :

पछिल्लो २४ घण्टामा थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन ।

देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणपछि मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ५१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन