२९ चैत्र २०८२, आइतबार | April 12, 2026

देशभित्र रोजगारी नपाएपछि दैनिक सयौं युवा भारत जान बाध्य



धनगढी। कोरोना भाइरसको महामारीका कारण केही महिना अघिसम्म भारतमा रहेका नेपाली स्वदेश फर्किनका लागि सीमामा लर्को लाग्थ्यो ।

तर, अहिले ठिक उल्टो भएको छ । कोरोनाको डरले स्वदेश फर्किएका नेपाली युवासहित सयौं युवाको अहिले सीमा क्षेत्रमा भिड देखिन्छ । उनीहरू देशभित्र रोजगारीका कुनै अवसर पाउन नसकेपछि पुन: भारत जान बाध्य भएका छन् ।

कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन बढेको छ ।

दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरि भारत जानेहरुको घुईंचो देखिएको छ ।

चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु मात्रै होइन कोरोना डरले स्वदेश भित्रिएका सयौं नागरिकका लागि भारत फेरि पनि रोजगार गन्तव्य बनेको छ ।

दशैं सकिए लगत्तै उनीहरू भारत जान बाध्य बनेका छन् । तिहार आउनै लाग्दा भारत जानु रहर नभई उनीहरूको बाध्यता हो ।

देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।

कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरि भारत जान बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य भएका हुन् ।

देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।

सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत गैरहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय  ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ४५ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग