२९ मंसिर २०८२, सोमबार | December 16, 2025

केरा पकाउने च्याम्बर सञ्चालन



कैलाली । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ ।

उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ ।

उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराए ।

उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले रु एक करोड ९० लाख आठ हजार ५ सय ९१ अनुदान सहयोग गरेको छ । ‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’ उद्योगका निर्देशक ढुङ्गानाले भने, ‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’ उनले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताए । ‘टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन रु ३ देखि ५ खर्च लाग्छ’, ढुङ्गानाले भने, ‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छौँ ।’

उनले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताए । कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन् ।

‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भने, ‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्कोतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।’ ‘च्याम्बरमा पकाएको केरा एक हप्तासम्म टिक्छ भने विषादी प्रयोग गरेको केरा ३/४ दिनसम्म मात्र टिक्छ’’, धामीले भने, ‘च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्न बजारको खोजी गर्नुपर्छ ।’

पछिल्लो समय टीकापुर क्षेत्रलाई केराको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । यहाँ करिब ७ सय हेक्टर जग्गामा केरा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको केरा देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ ।

रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताए ।

‘मानव स्वास्थ्यमैत्री ग्याँस प्रयोगबाट केरा पकाइने भएकाले यसमा पकाइएको केरा स्वास्थ्यका लागि फाइदाजनक छ’, कँडेलले भने, ‘च्याम्बरमा आवश्यकताअनुसार केरा छिटो र ढिलो पकाउन सकिन्छ ।’ रासस

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : २६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको