२० मंसिर २०८२, शनिबार | December 6, 2025

गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई संञ्चारमन्त्रीको आग्रह



काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गरेका छन् ।

टेलिकमद्वारा आयोजित आफ्नो स्वागत समारोहमा मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीको गरिमालाई कायम राख्दै गुणस्तरीय सेवा प्रवाहमा नचुक्न सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन् ।

“दूरसञ्चार सेवालाई भरपर्दो बनाउनुपर्ने प्रमुख आवश्यकता छ”, मन्त्री गुरुङले भने, “दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन सक्यौँ कि सकेनौँ त्यसको लेखाजोखा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ ।”

टेलिकमलाई आफ्नो पहिचान जोगाएर आवश्यक रणनीतिका साथ अघि बढ्न मन्त्री गुरुङले सुझाव दिए ।

उनले सेवाग्राही कति छन्, तर्जुमा गरेका कार्यक्रम लागू भए कि भएनन् भने किन गरिएन भन्ने कुराको समीक्षा जरुरी रहेको बताउँदै भने, “फोरजी सेवाका बारेमा आलोचना सुनिँदै आएको छ, हामी कहाँ अड्किरहेका छौँ, समस्या के हो, यकिन गर्नुहोस्, कतै दुरुपयोग भएको रहेछ भने त्यसको पहिचान पनि गर्नु, मन्त्री गुरुङले भने ।

सूचना महामार्ग बनाउने योजनाका विषयमा नयाँ रणनीतिका साथ अघि बढ्न र विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न उनले आग्रह गरे ।

सबै पालिका र विद्यालयमा ब्रोडब्याण्ड पु¥याउने, फोरजी सेवा विस्तार गर्ने र भूउपग्रह स्थापनाका लागि कार्य अघि बढाउने विषय कार्यसम्पादन सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसको अक्षरशः कार्यान्वयनमा लाग्न पनि निर्देशन दिए ।

सबै पालिकामा इन्टरनेट पु¥याउन सकियो भने मात्रै पनि ठूलो उपलब्धि हुने उनको भनाइ थियो । उनले टेलिकमको समग्र विकासका लागि रुपान्तरित कार्ययोजना बनाउन आग्रह गरे ।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मन्त्री गुरुङसामु कार्यालयले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराए । समारोहमा कर्मचारीको विनियमावली नआउँदा वृत्ति विकास लगायत गतिविधि रोकिएकाले सहजीकरण गर्न मन्त्री गुरुङलाई निर्देशक अधिकारीको अनुरोध छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ४२ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ