२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँके प्रहरीलाई सफलता, १० किलो बढी अफिम सहित १ जना पक्राउ, भारतबाट भित्राईंदै गरेको पटाका पनि बरामद



नेपालगन्ज । ठुलोमात्रामा लागुऔषध अफिमको कारोबर गर्ने १ जना सहित बाँके प्रहरीले १० केजी बढी अफिम बरामद गरेको छ । प्रहरीको अप्रेशन टोलिले बाँके, खजुरा ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम सहित १ जनालाई पक्राउ गरेको हो ।

बिशेष सुचनाका आधारमा लागु औषध नियन्त्रण व्युको कोटेश्वर तथा बाँके प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको अफिम सहित जाजरकोट जुनिचाँदे २ का ३७ वर्षीय तिलक बहादुर शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले शाहीसँगबाट झोला भित्र सेतो प्लाष्टिक भित्र ११ वटा पेटी बनाई राखेको अवस्थामा १० किलो ४०० ग्राम फेला परेको उल्लेख गरेको छ ।

पक्राउमा परेका शाही बिरुद्ध प्रहरीले लागु औषधको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । उक्त मुद्दा लागेमा शाहीले लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना तिर्नुपर्ने छ ।

प्रहरीले आजै सिमापारी भारतबाट लुकाई छिपाई नेपाल भित्राउंदै गरेको पटाका पनि बरामद गरेको छ । भारतबाट नेपाल भित्राईंदै गरेको पटाका प्रहरीको चाडपर्व सुरक्षा योजना अन्तर्गत खटिएको टोलीले जमुनाहा गाँउबाट बराम गरेको प्रहरीले जनाएको छ ।

तिहार सुरु भएसंगै सिमावर्ती बजारहरुमा भारतबाट पटाका भित्राउने अभियान पनि सुरु हुने गर्दछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ०० बजे

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा