२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाँके प्रहरीलाई सफलता, १० किलो बढी अफिम सहित १ जना पक्राउ, भारतबाट भित्राईंदै गरेको पटाका पनि बरामद



नेपालगन्ज । ठुलोमात्रामा लागुऔषध अफिमको कारोबर गर्ने १ जना सहित बाँके प्रहरीले १० केजी बढी अफिम बरामद गरेको छ । प्रहरीको अप्रेशन टोलिले बाँके, खजुरा ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम सहित १ जनालाई पक्राउ गरेको हो ।

बिशेष सुचनाका आधारमा लागु औषध नियन्त्रण व्युको कोटेश्वर तथा बाँके प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको अफिम सहित जाजरकोट जुनिचाँदे २ का ३७ वर्षीय तिलक बहादुर शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले शाहीसँगबाट झोला भित्र सेतो प्लाष्टिक भित्र ११ वटा पेटी बनाई राखेको अवस्थामा १० किलो ४०० ग्राम फेला परेको उल्लेख गरेको छ ।

पक्राउमा परेका शाही बिरुद्ध प्रहरीले लागु औषधको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । उक्त मुद्दा लागेमा शाहीले लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना तिर्नुपर्ने छ ।

प्रहरीले आजै सिमापारी भारतबाट लुकाई छिपाई नेपाल भित्राउंदै गरेको पटाका पनि बरामद गरेको छ । भारतबाट नेपाल भित्राईंदै गरेको पटाका प्रहरीको चाडपर्व सुरक्षा योजना अन्तर्गत खटिएको टोलीले जमुनाहा गाँउबाट बराम गरेको प्रहरीले जनाएको छ ।

तिहार सुरु भएसंगै सिमावर्ती बजारहरुमा भारतबाट पटाका भित्राउने अभियान पनि सुरु हुने गर्दछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ०० बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले