१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

नोबेल अस्पताल विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।

झापा शिवसताक्षी नगरपालिकाकी-२६ वर्षीया युवती र सुनसरीको दुहबी नगरपालिका-९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पोजिटिभ झापाकी युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब ३ बजे युवतीको मृत्यु भएको हो ।

युवतीमा दीर्घ रोग भए नभएको प्रष्ट नभएको जनाउँदै अस्पतालले युवतीमा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गराएको थियो ।

त्यसैगरि, सुनसरीकी वृद्धा महिलाको उपचारका क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ५२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले