१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ओली फकाउन प्रचण्ड-नेपालसहितका नेताहरु बालुवाटारमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसहित पाँच सचिवालय सदस्यहरु अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्डको आह्वानमा बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई भेट गरेर पार्टीको बैठक बोलाउन आग्रह गर्ने सहमति गरेको थियो । यद्यपी, सो बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय इश्वर पोखरेल एवं रामबहादुर थापा अनुपस्थित भएका थिए ।

ओलीलाई सामुहिक रुपमा भेटेर पार्टी बैठक बोलाउन मनाउनका लागि प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् । दुई अध्यक्षबीच पटकपटक भेट भएपनि पार्टीभित्र पछिल्लो चरणमा देखा परेको विवाद समाधानका लागि सहमति निस्कन सकेको छैन । बरु, पार्टी थप संकट र जटिल मोडमा पुगेको छ ।

नेकपा स्रोतका अनुसार दुवै समुहले सांसदहरुको हस्ताक्षर संकलन समेत पुनः सुरु गरेका छन् । पार्टी एकताको पक्षमा रहेका कतिपय नेताहरुले भने दुवैतिर हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

गत बैशाख र असारपछिको अवस्थामा जस्तै यति बेला पनि दुवै समुहले आ–आफ्नो रणनीति बनाउँदै पार्टी फुटको अवस्था आए के गर्ने भन्ने रणनीति मात्रै बनाइरहेका छन् । यद्यपी, पार्टी फुटको दोष आफ्नो पक्षलाई नलागोस भन्नका लागि दुवै समुहले एक अर्कोलाई सकेजति दोषारोपण गरिरहेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध आएको अविश्वासको प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीको भेटघाट र मन्त्रिपरिषद् विस्तार लगायतका विषयका कारण नेकपाभित्र अहिले चरम द्वन्द्व बढेको छ ।

गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटीको बैठकको निर्णयलाई कार्यान्वयन भन्दा पनि दुवै समुहले आ–आफ्नो ढंगले व्याख्या गर्दा नेकपामा  समस्या उत्पन्न भएको हो ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम