१४ असार २०८३, आइतबार | June 28, 2026

प्रचण्डसहित ५ नेताद्वारा पार्टी बैठक बोलाउन ओलीसँग लिखित आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीसँग लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले ओलीलाई शनिबार भेट गरेर सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए । श्रेष्ठले भने, ‘‘सकभर भोलि नभए पर्सिसम्म बैठक बसेर गम्भिरतापूर्वक छलफल गरौ र पार्टीलाई एकतावद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौ भनेर अनुरोध गरिएको हो ।’’

कोभिड—१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए । यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समिक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए।

कार्यकारी अध्यक्ष प्रचण्डले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाई छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  २ : ३६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा