१ पुस २०८२, मंगलबार | December 16, 2025

मिलनचोकमा हात धुने स्टेशन



बुटवल । पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन सावुन पानीले राम्रो सग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा सावुन पानीको ब्यवस्था गरेको छ ।

ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, सावुनको ब्यवस्था गरिएको र खुट्टाले थिचेपछि सावुन र पानी प्रयोग गर्न सकिने गरि ब्यवस्था मिलाइएको छ ।

मिलनचोकमा बैंक देखि विभिन्न कार्यालय धेरै रहेको तथा बढी ब्यस्त हुने चोक रहेकाले कोरोनाबाट जोगिन सडक छेउमा हात धुने ब्यवस्था मिलाइएको अध्यक्ष गौरीमाया थापाले बताइन । नमस्ते नामोद एण्ड फ्रेण्डस् को सहयोगमा सो ब्यवस्था मिलाइएको सस्थाले जनाएको छ ।

हात धुने ब्यवस्था मिलाइएपछि शनिबार बिहानबाट शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी जनप्रतिनिधि विमला श्रेष्ठ, उपमहानगरपालिकाका महाशाखा प्रमुख भुवाप्रसाद लुइटेल, स्थानिय तथा राजनीतिक अगुवा ऋषिराम पाण्डे, अधिबक्ता खुमाकान्त पौडेल, ट्रष्टका अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुङ , कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : २० बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच