१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् ।

बधाई दिँदै ओलीले दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुद बनाउन नयाँ अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने जनाएका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसैगरी बाइडेनकै पार्टी डेमोक्रयाटको तर्फबाट निर्वाचित ह्यारिस अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति बनेकी हुन् । उनी भारतीय–अफ्रिकन मुलकी हुन् ।

नेपाल र अमेरिकाबीच धेरैवर्षदेखि सुमधुर सम्बन्ध रहिआएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ ।

अमेरिकामा जो बाइडेनले कार्यकाल सम्हाल्ने बेलामा नेपालमा चल्ने संसदको हिउँदे अधिवेशनबाट एमसीसी पारित हुन्छ या हुँदैन, अमेरिकासँगको थप सम्बन्ध त्यसमा समेत निर्भर हुने पक्का छ ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र तिब्र विवाद रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ४० बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ