१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै



काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गर्नुभएको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ—
चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि ।
शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति ।।
तदा प्रवर्तयामास कालस्य गणनामपि ।।

अर्थात् चैत महिनाको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माजीले सृष्टिको निर्माण गरे र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गरे । यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ ।

यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन् । समितिले आज दिउँसो १ बजे नारायणहिटीस्थित समितिको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १२ : ३५ बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय