५ चैत्र २०८२, बिहिबार | March 19, 2026

ओलीले किन बोलाए बालुवाटारमा नेता नेपाललाई ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र विवाद चलिरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेट भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट अध्यक्ष ओलीले नेपालसँग छलफल गरेका हुन् ।

छलफलका लागि ओलीले नेपाललाई बालुवाटार आउन आग्रह गरेका थिए । छलफलमा नेता नेपालले आफु निकट नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई पनि सँगै लिएर गएका छन् ।

यसअघि पनि ओलीले नेपालसँग भेट गरेर प्रचण्डले पूर्वएमाले समुहमा खेलेको जिकिर गर्दै आफुहरु मिल्नुपर्ने प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो । ओलीले सहकार्यका लागि प्रस्ताव गरे पनि नेता नेपालले ओलीको कार्यशैली सुध्रिनुपर्ने बताएका थिए । नेपालले विधि र पद्धतिअनुसार मात्रै पार्टी र सरकार संचालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

शनिबार सचिवालयका पाँच सदस्यसहित बैठकको मागपत्र लिएर ओलीसमक्ष पुगेका नेताहरुले पार्टीभित्रको संकट समाधान गर्न तत्कालै बैठक बस्नुपर्ने माग गरेका थिए । त्यसक्रममा नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

सचिवालयमा अल्पमतमा परेका ओलीले त्यसैकारण बैठक बोलाउन आनाकानी गरिरहेका छन् । ओलीले प्रचण्ड–नेपाल समिकरणलाई कमजोर बनाउने रणनीतिअन्तर्गत आइतबार नेपाललाई छलफलका लागि बोलाएको एक नेताले बताएका छन् । पार्टीभित्र संकट पर्दा नेता नेपाललाई सम्झिने गरेका ओलीले अरु समयमा भने वास्ता गर्ने गरेका छैनन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : ५६ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।