१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ओलीले किन बोलाए बालुवाटारमा नेता नेपाललाई ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र विवाद चलिरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेट भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट अध्यक्ष ओलीले नेपालसँग छलफल गरेका हुन् ।

छलफलका लागि ओलीले नेपाललाई बालुवाटार आउन आग्रह गरेका थिए । छलफलमा नेता नेपालले आफु निकट नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई पनि सँगै लिएर गएका छन् ।

यसअघि पनि ओलीले नेपालसँग भेट गरेर प्रचण्डले पूर्वएमाले समुहमा खेलेको जिकिर गर्दै आफुहरु मिल्नुपर्ने प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो । ओलीले सहकार्यका लागि प्रस्ताव गरे पनि नेता नेपालले ओलीको कार्यशैली सुध्रिनुपर्ने बताएका थिए । नेपालले विधि र पद्धतिअनुसार मात्रै पार्टी र सरकार संचालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

शनिबार सचिवालयका पाँच सदस्यसहित बैठकको मागपत्र लिएर ओलीसमक्ष पुगेका नेताहरुले पार्टीभित्रको संकट समाधान गर्न तत्कालै बैठक बस्नुपर्ने माग गरेका थिए । त्यसक्रममा नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

सचिवालयमा अल्पमतमा परेका ओलीले त्यसैकारण बैठक बोलाउन आनाकानी गरिरहेका छन् । ओलीले प्रचण्ड–नेपाल समिकरणलाई कमजोर बनाउने रणनीतिअन्तर्गत आइतबार नेपाललाई छलफलका लागि बोलाएको एक नेताले बताएका छन् । पार्टीभित्र संकट पर्दा नेता नेपाललाई सम्झिने गरेका ओलीले अरु समयमा भने वास्ता गर्ने गरेका छैनन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : ५६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम