१४ असार २०८३, आइतबार | June 28, 2026

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्ष प्रचण्डलाई कटाक्ष : महाधिवेशन नहुँदै जित्न खोज्ने !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै एकता महाधिवेशनमा जान सचिवालय सदस्यहरुलाई आह्वान गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पार्टीलाई एकतावद्ध राख्ने शुत्र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमा निहित रहेको उल्लेख गरेका छन् ।

पोखरेलले भनेका छन् , ‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन ।’

प्रधानमन्त्री ओलीलाई बलियो साथ दिँदै आएका नेता पोखरेलले अर्का अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोशिस गरेको आरोप लगाएका छन् ।

नेता पोखरेलले सचिवालयका सदस्यहरुलाई विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कन आग्रह स

मेत गरेका छन् ।

उनले भनेका छन्, ‘ आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो ।’

पार्टीमा विवाद देखिएपछि मुख्यमन्त्रीको जिम्मेवारीलाई पन्छाएर काठमाडौं बसिरहेका पोखरेलले सचिवालयको कर्तव्य स्थायी कमिटीको निर्णयको कार्यान्वयन भएको स्मरण गराएका छन् । सो बैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न सचिवालयका सदस्यहरुलाई उनले अनुरोध गरेका छन् ।

दुई अध्यक्षबीच विवाद चुलिँदै गएपछि यसअघि मुख्यमन्त्री पोखरेलले अध्यक्षद्वयलाई सम्वाद गराउन प्रयत्नशील देखिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट