२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्ष प्रचण्डलाई कटाक्ष : महाधिवेशन नहुँदै जित्न खोज्ने !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै एकता महाधिवेशनमा जान सचिवालय सदस्यहरुलाई आह्वान गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पार्टीलाई एकतावद्ध राख्ने शुत्र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमा निहित रहेको उल्लेख गरेका छन् ।

पोखरेलले भनेका छन् , ‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन ।’

प्रधानमन्त्री ओलीलाई बलियो साथ दिँदै आएका नेता पोखरेलले अर्का अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोशिस गरेको आरोप लगाएका छन् ।

नेता पोखरेलले सचिवालयका सदस्यहरुलाई विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कन आग्रह स

मेत गरेका छन् ।

उनले भनेका छन्, ‘ आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो ।’

पार्टीमा विवाद देखिएपछि मुख्यमन्त्रीको जिम्मेवारीलाई पन्छाएर काठमाडौं बसिरहेका पोखरेलले सचिवालयको कर्तव्य स्थायी कमिटीको निर्णयको कार्यान्वयन भएको स्मरण गराएका छन् । सो बैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न सचिवालयका सदस्यहरुलाई उनले अनुरोध गरेका छन् ।

दुई अध्यक्षबीच विवाद चुलिँदै गएपछि यसअघि मुख्यमन्त्री पोखरेलले अध्यक्षद्वयलाई सम्वाद गराउन प्रयत्नशील देखिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।