१२ बैशाख २०८१, बुधबार | April 25, 2024

नेकपा विवाद समाधानका लागि गठित पूर्वकार्यदलसँग प्रधानमन्त्री ओलीले छलफल गर्दै



काठमाडौं । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद्हिनताको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधान कार्यदलका पूर्वसदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीभित्रको विवाद मिलाउन अध्यक्षद्वय ओली र प्रचण्डले गत भदौ पहिलो साता महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको सुझावको आधारमा भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले नेकपाभित्रको विवाद समाधानको बाटो पहिल्याइएको थियो ।

यसपटक पुनः दुई अध्यक्षबीच तिक्तता बढेपछि ओलीले कार्यदलका सबै सदस्यलाई सोमबार दिउँसो छलफलका लागि बोलाएका हुन् ।

कार्यदलमा ओलीको पक्षबाट महासचिव पौडेल र शंकर पोखरेल रहेका थिए भने प्रचण्डको पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका थिए । यसैगरी माधव नेपालको पक्षबाट भिम रावल र सुरेन्द्र पाण्डे रहेका थिए ।

यसअघि, आजै बिहान महासचिव विष्णु पौडेलले खुमलटारमा अध्यक्ष प्रचण्डलाई समेत भेट गरेका छन् । ओलीले भने हिजो वरिष्ठ नेता माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र रघुजि पन्तलाई भेट गरी पार्टीभित्र सहयोगको आग्रह गरेका थिए ।

गत शनिबार मात्रै नेकपा अध्यक्ष प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट गरी पार्टीको बैठक बसाल्न आग्रह गर्दै लिखित मागपत्र पेश गरेका थिए ।

नेकपाभित्र २०७७ साल सुरु भएयता तीन पटक चरम शक्ति संघर्ष देखा परेको छ । गत वैशाख, असार–भदौको शक्तिसंघर्षको युद्धबिराम खोजिएको थियो भने यसपटक पनि नेताहरुले सहमतिको खोजी जारी नै छ ।

यद्यपी, पार्टीका निर्णयहरुलाई आफुअनुकुल व्याख्या गरी बैठकको भालिपल्टैबाट एक अर्कालाई खुइल्याउने चरित्रका कारण नेकपा पार्टी चुनावी संयुक्त मोर्चा जस्तो देखिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : ४८ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको