६ बैशाख २०८१, बिहिबार | April 18, 2024

माटाका भाँडा बनाउन भक्तपुरका प्रजापतिलाई भ्याइनभ्याई



भक्तपुर । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् ।

दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पाला सहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ ।

तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए । गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा विक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री भएको प्रजापतिले जानकारी दिए ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ ।

माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ/दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।

प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो । त्यसैले यो पेशालाई बचाई राख्नुपर्ने देखिन्छ । तर परम्परागत पेशालाई बचाउनका लागि आफुहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ ।

आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउने देखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : ०३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी