५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा विवाद : मुख्यमन्त्री शंकर पोखरेलले भेटे अध्यक्ष प्रचण्डलाई



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

पार्टीभित्र तिब्र विवाद बढेपछि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोर्चा कसेर बसेका पोखरेलले मंगलबार बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

सचिवालय बैठक बोलाउन ओली तयार नभएपछि कार्यकारी अध्यक्षको हैसियतमा आफै औपचारिक बैठक बोलाउने तयारी गरेपछि पोखरेलले उनलाई भेट गरेका हुन् ।

बैठकका लागि सहमति जनाउन अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले गत शनिबार ओलीलाई भेटेर लिखित पत्र बुझाएका थिए ।

पोखरेलले सबैजनाले भदौ २६ गतेको स्थायी कमिटीको निर्णयलाई पालना गरे समस्या समाधान हुने बताउँदै आएका छन् । तर, ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले सो बैठकको व्याख्या भने आफु अनुकुल गर्दै आएका छन् ।

पार्टीभित्रको विवाद समाधान कार्यदलका सदस्य रहेका मुख्यमन्त्री पोखरेलले यसअघि पनि दुई अध्यक्षबीच विवाद हुँदा मिलाउने प्रयास गर्दै आएका छन् ।

सचिवालय बैठक बोलाउने या नबोलाउने विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच गम्भीर विवाद रहेको छ । सचिवालयमा स्पष्ट अल्पमतमा रहेका ओलीले सो बैठकबाट बहुमतको आडमा आफुमाथि निर्देशन थोपरिन सक्ने कारण बैठक टार्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ३४ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर