५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा विवाद थप पेचिलो : कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले बोलाए सचिवालय बैठक



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा सचिवालयको आधिकारिक बैठक बोलाउने तयारी गरेका छन् ।

बैठकको सहमतिका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिका लागि लिखित पत्र नै बुझाएका अध्यक्ष प्रचण्डले ओली सहमत नभएपछि आफै बैठक बोलाउन लागेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे बैठक बस्ने गरी सबै सदस्यलाई जानकारी पठाइएको बुझिएको छ । यद्यपी, प्रचण्डको सचिवालयले दिउँसो टुंगो लाग्ने बताएको छ । ‘दिउँसो ३ बजेतिर यसबारे जानकारी हुनेछ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

पार्टीभित्र बढेको विवादबारे छलफल गर्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले सचिवालय बैठकका लागि सहमति खोज्दै अध्यक्ष ओलीलाई सोमबारसम्म गत शनिबार पत्र बुझाएका थिए ।

सोमबारसम्म बैठकबार जानकारी दिन आग्रह गरेपनि ओलीले भने बैठक बसाल्न नचाहे पछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बैठकको तयारी गरेका हुन् ।

प्रचण्डले बैठकको तयारी गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटारमा पुगेर प्रचण्डलाई भेट गरेका छन् ।

नेकपामा अहिलेसम्म सचिवालय बैठक दुवै अध्यक्षको सहमतिमा मात्र बोलाईंदै आएको छ । यसअघि ओलीले प्रचण्डले एकल रुपमा सचिवालय बैठक बोलाए त्यहीँबाट पार्टी फुटको अवस्था आउने चेतावनी दिएका थिए । पार्टीभित्र आफै कार्यकारी अध्यक्ष भएको ओलीको दाबी छ ।

सचिवालय बैठकमा अध्यक्ष ओली एवं उनी निकट महासचिव विष्णु पौडेल र इश्वर पोखरेल उपस्थित हुने सम्भावना भने कम छ । यसअघिको अनौपचारिक बैठकमा उपस्थित नभएका अर्का सचिवालय सदस्य रामबहादुर थापा आजको बैठकमा उपस्थित हुन के गर्छन्, त्यो पनि क्लियर भएको छैन ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ४७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर