३ पुस २०८२, बिहिबार | December 19, 2025

नेकपा विवाद थप पेचिलो : कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले बोलाए सचिवालय बैठक



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा सचिवालयको आधिकारिक बैठक बोलाउने तयारी गरेका छन् ।

बैठकको सहमतिका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिका लागि लिखित पत्र नै बुझाएका अध्यक्ष प्रचण्डले ओली सहमत नभएपछि आफै बैठक बोलाउन लागेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे बैठक बस्ने गरी सबै सदस्यलाई जानकारी पठाइएको बुझिएको छ । यद्यपी, प्रचण्डको सचिवालयले दिउँसो टुंगो लाग्ने बताएको छ । ‘दिउँसो ३ बजेतिर यसबारे जानकारी हुनेछ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

पार्टीभित्र बढेको विवादबारे छलफल गर्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले सचिवालय बैठकका लागि सहमति खोज्दै अध्यक्ष ओलीलाई सोमबारसम्म गत शनिबार पत्र बुझाएका थिए ।

सोमबारसम्म बैठकबार जानकारी दिन आग्रह गरेपनि ओलीले भने बैठक बसाल्न नचाहे पछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बैठकको तयारी गरेका हुन् ।

प्रचण्डले बैठकको तयारी गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटारमा पुगेर प्रचण्डलाई भेट गरेका छन् ।

नेकपामा अहिलेसम्म सचिवालय बैठक दुवै अध्यक्षको सहमतिमा मात्र बोलाईंदै आएको छ । यसअघि ओलीले प्रचण्डले एकल रुपमा सचिवालय बैठक बोलाए त्यहीँबाट पार्टी फुटको अवस्था आउने चेतावनी दिएका थिए । पार्टीभित्र आफै कार्यकारी अध्यक्ष भएको ओलीको दाबी छ ।

सचिवालय बैठकमा अध्यक्ष ओली एवं उनी निकट महासचिव विष्णु पौडेल र इश्वर पोखरेल उपस्थित हुने सम्भावना भने कम छ । यसअघिको अनौपचारिक बैठकमा उपस्थित नभएका अर्का सचिवालय सदस्य रामबहादुर थापा आजको बैठकमा उपस्थित हुन के गर्छन्, त्यो पनि क्लियर भएको छैन ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ४७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको