५ चैत्र २०८२, बिहिबार | March 19, 2026

५ नेताको ओलीलाई पुन: आग्रह : बिहीबार सचिवालय बैठक बसौं



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी बिहीबार २७ गते सचिवालय बैठक बस्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुन: आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट गरी बैठकका लागि सहमति जनाउन आग्रह गरेका हुन्  । ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका   सचिवालयका बुहमत सदस्यहरूको छलफलले त्यसैअनुसार आगामी बिहीबार बैठक राख्न प्रस्ताव गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको अनौपचारिक बैठकले बिहीबार बैठकको प्रस्ताव गरेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठ उपस्थित थिए ।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छलफलपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘उहाँले बैठक राख्न अझै पनि सहमति जनाउनुभएको छैन, हामी अपेक्षा गर्छौं उहाँको भोलीको कार्यक्रमपछि राखिएको बैठकमा आउनुहुनेछ,’ श्रेष्ठले भने।

प्रधानमन्त्री ओली बुधबार अरूण तेस्रो परियोजनाको निरीक्षण गर्न संखुवासभा जाँदैछन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार पर्सी बैठक जनाउन सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ हामी अपेक्षा गरेका छौं ।’

संकटको विशिष्ट परिस्थितिमा धर्यका साथ सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेको बताए उनले बताए । पार्टी एकतालाई बचाउँदै सहमतिमा बैठक बसेर पार्टी एकता रक्षा गर्ने र पार्टीर्का निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्ने प्रयत्न अनुसार बैठकको प्रतिक्षा गरिरहेको उनले बताए ।

यसअघि सचिवालयका ५ सदस्यले बैठकमा सहमति जनाउन प्रधानमन्त्री ओलीलाई सोमबारसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ३२ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति