१५ बैशाख २०८१, शनिबार | April 27, 2024

५ नेताको ओलीलाई पुन: आग्रह : बिहीबार सचिवालय बैठक बसौं



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी बिहीबार २७ गते सचिवालय बैठक बस्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुन: आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट गरी बैठकका लागि सहमति जनाउन आग्रह गरेका हुन्  । ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका   सचिवालयका बुहमत सदस्यहरूको छलफलले त्यसैअनुसार आगामी बिहीबार बैठक राख्न प्रस्ताव गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको अनौपचारिक बैठकले बिहीबार बैठकको प्रस्ताव गरेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठ उपस्थित थिए ।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छलफलपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘उहाँले बैठक राख्न अझै पनि सहमति जनाउनुभएको छैन, हामी अपेक्षा गर्छौं उहाँको भोलीको कार्यक्रमपछि राखिएको बैठकमा आउनुहुनेछ,’ श्रेष्ठले भने।

प्रधानमन्त्री ओली बुधबार अरूण तेस्रो परियोजनाको निरीक्षण गर्न संखुवासभा जाँदैछन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार पर्सी बैठक जनाउन सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ हामी अपेक्षा गरेका छौं ।’

संकटको विशिष्ट परिस्थितिमा धर्यका साथ सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेको बताए उनले बताए । पार्टी एकतालाई बचाउँदै सहमतिमा बैठक बसेर पार्टी एकता रक्षा गर्ने र पार्टीर्का निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्ने प्रयत्न अनुसार बैठकको प्रतिक्षा गरिरहेको उनले बताए ।

यसअघि सचिवालयका ५ सदस्यले बैठकमा सहमति जनाउन प्रधानमन्त्री ओलीलाई सोमबारसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ३२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म