४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना रोकथाममा ७ अर्ब बजेट



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो ।

संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा भएको छ । प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको छ ।

सो विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर बुधबार २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

बुधबार ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमितमध्ये २८ हजार ३ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश १ मा ४ हजार ७ सय ४३, प्रदेश २ मा ९ सय ५२, लुम्बिनी प्रदेशमा ४ सय ४, सुदूरपश्चिम प्रदेशमा ८ सय ९३, गण्डकी प्रदेशमा २ हजार १ सय २१ र कर्णाली प्रदेशमा ३ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको