२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र



पोखरा । पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो ।

बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्नलगायतमा अनुगमन गरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

अनुगमनमा मिठाइमा अखाद्य रङ प्रयोग नगर्न, गुणस्तरहीन कच्चा पदार्थ प्रयोग नगर्न, खुला ठाउँमा मिठाइ राखेर बिक्री वितरण नगर्न, तेल घ्यूलाई पुनः प्रयोग नगर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

कोइरालाले भाइ मिठाइमा राखिने वस्तु काजु, किसमिस, ओखर, बदामको थोक मूल्य घटे पनि प्याकेजिङ गरेर बेच्नेहरुले मूल्य दोब्बर बनाएर बेच्ने गरेको भेटिएको बताए । उनले आम उपभोक्तालाई भाइ मसला खरिद गर्दा प्याकेजिङ गरिएको भन्दा खुद्रारूपमा खरिद गर्नसमेत आग्रह गरे।

गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल मिठाइको प्रतिएकाइ लागत कसरी कायम गरिएको हो, सोको विवरण कारणसहित खुलाएर दुई दिनभित्र निर्देशनालयमा पेश गर्न निर्देशन दिएको जानकारी दिए ।

गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्यसचिव भरतमणि बरालले अनुगमनलाई निरन्तर गरिने र दिएका निर्देशन पूरा नगरे अर्कोपल्ट कारवाही हुने बताए।

अनुगमन कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बराल, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघुनाथ पौडेल र निर्देशनालयका वरिष्ठ अधिकृत प्रदीप रेग्मी, अधिकृत नेत्रप्रसाद पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ३८ बजे

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।