१४ असार २०८३, आइतबार | June 28, 2026

अपरान्ह ४ बजे नेकपा सचिवालय बैठक : छलफल विवाद समाधानमा केन्द्रित या आरोप प्रत्यारोपमा ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बस्दैछ ।

सचिवाल बैठक बसाल्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा बैठक अलपत्र परेको थियो ।

पार्टीभित्र देखापरेको गम्भीर विवादबारे छलफल गर्न भन्दै प्रचण्डसहितका पाँच नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले बैठक बस्न आग्रह गरेपनि अध्यक्ष ओली तयार नभएपछि नेताहरु आआफ्ना समुहका बैठकमा सीमित भएका थिए ।

गत शनिबार प्रचण्डसहितका पाँच सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाउँदै बैठकको माग गरेका थिए । ओलीले सो पत्रमा तोक लगाउँदै महासचिव विष्णु पौडेललाई उपयुक्त समयमा बैठक बोलाउन निर्देशन दिएपछि परिस्थिति थप जटिल बनेको थियो ।

पुनः पाँचै जना नेताहरुले यही मंगलबार ओलीलाई २७ गतेका लागि बैठक बोलाउन आग्रह गरेका थिए । त्यसअघि अध्यक्ष प्रचण्डले ओलीसँग बालुवाटारमै पुगेर छलफल गरेका थिए । ओली बैठकका लागि सहमत भएपछि महासचिव विष्णु पौडेलले बिहीबार सबै सचिवालय सदस्यहरुलाई शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने जानकारी गराएका थिए ।

नेकपाको गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय र भावलाई नेताहरुले आफु अनुकुल व्याख्या गर्दा नेकपाभित्र संकट पैदा भएको छ ।

त्यसैमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको मध्यरातमा भेट र पमन्त्रिपरिषद् विस्तारपछि आगोमा घ्यु थपेजस्तै विवाद बढेको छ ।

विवाद बढ्दै जाँदा यसपटक पनि दुवै समुहले एक अर्को नेतालाई हटाउन हस्ताक्षर संकलनसम्मको अभियान संचालन गरेका छन् ।

आज बस्ने सचिवालय बैठकमा यी सबै विवादका विषयमा गम्भीर छलफल होला या एक अर्कालाई आरोप प्रत्यारोपमै बैठक सकिएला भन्ने चासोको विषय बनेको छ । लामो विवाद र आरोप प्रत्यारोपपछि सुरु हुन लागेको बैठकमा नेताहरुको प्रस्तुती कस्तो रहन्छ भन्ने कुरा उत्सुकताको विषय बनेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : ०२ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा