१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका लागि टेण्डर निकाल्ने तयारी



काठमाडौं । सरकारले काठमाडौंको थानकोटदेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको काम सुरुभएसँगै सिद्धार्थ राजमार्गको  बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबाबा सुरुङमार्ग निर्माणका लागि तिहार लगत्तै टेण्डर आह्वानको तयारी गरेको छ ।

अर्थमन्त्रालयले अघिल्लो वर्षबाट नै बजेको सुनिश्चितता गरेको सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले टेण्डर आह्वानको तयारी गरेको हो । टेण्डर आह्वानको अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताएका छन् । सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब १५ करोड बजेटको सुनिश्चितता गरेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ ।

सिद्धबाबा खण्डको विकल्पमा धेरैतिरबाट सडक बनाउन खोजिएपनि सुरुङमार्ग नै भरपर्दो हुने विश्लेषण गर्दै संघीय सरकारले बजेट विनियोजन गर्न थालेको थियो । तर, अब भने टेण्डर प्रक्रियामै गएर सुरुङ खन्ने कामलाई अघि बढाउने तयारी भएको छ ।

यसअघि सुरुङको मापदण्ड निर्धारण गर्न सरकारी ढिलाईकै कारण काम अघि बढेको थिएन । यो सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको छ । यद्यपी, निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ ।

यो सुरुङमार्ग बनेमा यसक्षेत्रका लाखौं मानिस लाभाविन्वत हुने प्रष्ट छ । पाल्पा, गुल्मी, स्याङ्ग्जा, पर्वत, बागलुङ लगायतका लुम्बनी र गण्डकी प्रदेशका धेरै पहाडी जल्लाका लागि तराई प्रवेशको एकमात्र सहज सडक विकल्प सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अत्यन्त जोखिमपूर्ण छ । भारत सरकारको सहयोगमा झण्डै आधा शताब्द्यी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त छ ।

हरेक वर्षातमा ठाडो पहाडबाट खस्ने ठूल्ठूला ढुंगा र पहिरो एवं हिउँदमा समेत खस्ने सख्खा पहिरोले यस सडकखण्डमा वर्षेनी कैयौं व्यक्तिको ज्यान गैसकेको छ । कैयौं घाइते भएका छन् । यसक्षेत्रका राजनीतिक दलका नेताहरु, सांसदहरु र लुम्बिनी प्रदेशका मन्त्रीहरुका लागि सिद्धबाबा सुरुङ मार्ग भाषण गर्ने विषय बन्दै आएको थियो ।

अहिले पनि यो सडकखण्ड निकै जिर्ण बनेको छ । बुटवलदेखि पाल्पाको झुम्सासम्म पुग्नका लागि एकघण्टा भन्दा बढी समय लाग्ने गरेको छ । एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम सुरु भएको छ । यसैगरी सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।

समयमै सुरुङमार्ग बन्ने र राजमार्गको समेत स्तरोन्नती भएमा बुटवलबाट पोखरा, बुटवलबाट गुल्मी र बागलुङ एवं बुटवल–रिडी/बुटवल–राम्दीहुँदै कालिगाण्डकी कोरिडोरको यात्रासमेत सहज बन्ने विश्वास गर्नसकिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ४७ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,