२९ भदौ २०८३, सोमबार | September 14, 2026

गोरखामा मदिरा बिक्री गर्न नपाइने



गोरखा । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।

निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए। प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न÷नगराउन पनि आग्रह गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न उनले सबैलाई अपिलसमेत गरेका छन् ।

प्रशासनले सूचना नै जारी गरेर कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारमा बसेर मात्र मनाउन, देउसीभैलो खेल्ने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, शुभकामना आदानप्रदान कार्यक्रम राख्ने, पिङ हाल्ने तथा खेल्ने जस्ता क्रियाकलाप नगर्न भनेको छ ।

त्यस्तै घरमा बस्दासमेत अनिवार्य मास्कको प्रयोग गर्न, साबुनपानीले नियमित हातमुख धुन, स्यानिटाइजरको प्रयोग गर्न, आवश्यकभन्दा बाहेक घरबाहिर ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न पनि प्रशासनले सूचनामार्फत सबैलाई आग्रह गरेको छ ।

प्रशासनको निर्देशनको अवज्ञा गरे वा सूचना विपरीत क्रियाकलाप गरे÷गराइएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तथा रोग तथा सङ्क्रामक ऐन, २०२० बमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १ : ०६ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा