२९ माघ २०८१, मंगलबार | February 12, 2025

शंकर पोखरेललाई वर्षमान पुनको जवाफ : प्रचण्डको प्रस्तावबाट पार्टी एकतामा नयाँ बहसको सुरुवात



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको पक्ष विपक्षमा समर्थक नेताहरु उत्रिएका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशकामुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका थिए । पोखरेललाई जवाफ फर्काउँदै उर्जा एवं सिंचाई मन्त्री वर्षमान पुनले अध्यक्ष प्रचण्डको प्रस्तावले पार्टी एकतामा नयाँ बहसको सुरुवात भएको दाबी गरेका छन् ।

सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका थिए । तर, मन्त्री पुनले सो प्रस्तावको बचाउ गर्दै पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट आत्तिने वा मात्तिने गर्न नहुने जिकिर गरेका छन् ।

‘पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदी जस्तो हो’, पुनले लेखेका छन्, ‘पार्टीमा हुने छलफल ,बहस ,अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन ।’

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको विवाद समधानका लागि तयार पारेको प्रस्ताव शनिबार सचिवालय सदस्यहरुलाई वितरण गरिएको थियो । प्रधानमन्त्री ओली पक्षधर नेताहरुले सचिवालय बैठक सकिए लगत्तै बालुवाटारमा बसेर प्रचण्डको प्रस्तावको खण्डन गरेका थिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ५६ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर