१४ असार २०८३, आइतबार | June 28, 2026

शंकर पोखरेललाई वर्षमान पुनको जवाफ : प्रचण्डको प्रस्तावबाट पार्टी एकतामा नयाँ बहसको सुरुवात



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको पक्ष विपक्षमा समर्थक नेताहरु उत्रिएका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशकामुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका थिए । पोखरेललाई जवाफ फर्काउँदै उर्जा एवं सिंचाई मन्त्री वर्षमान पुनले अध्यक्ष प्रचण्डको प्रस्तावले पार्टी एकतामा नयाँ बहसको सुरुवात भएको दाबी गरेका छन् ।

सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका थिए । तर, मन्त्री पुनले सो प्रस्तावको बचाउ गर्दै पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट आत्तिने वा मात्तिने गर्न नहुने जिकिर गरेका छन् ।

‘पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदी जस्तो हो’, पुनले लेखेका छन्, ‘पार्टीमा हुने छलफल ,बहस ,अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन ।’

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको विवाद समधानका लागि तयार पारेको प्रस्ताव शनिबार सचिवालय सदस्यहरुलाई वितरण गरिएको थियो । प्रधानमन्त्री ओली पक्षधर नेताहरुले सचिवालय बैठक सकिए लगत्तै बालुवाटारमा बसेर प्रचण्डको प्रस्तावको खण्डन गरेका थिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ५६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा