१३ श्रावण २०८३, बुधबार | July 29, 2026

पोखरामा ट्राफिक बत्ती राखिने



पोखरा । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती (लाइट) राख्ने भएको छ ।

बत्ती राख्नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जिसीले बताए।

हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम शुरु हुने र आगामी दिनमा शहरका मुख्य–मुख्य चोकमा राख्ने योजना रहेको महानगरले जनाएको छ ।

“पोखरालाई स्मार्ट सिटी बनाउने योजनाअनुसार नै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गर्छौँ”, प्रमुख जिसीले भने । ट्राफिक बत्ती राख्नका लागि बिफ्रेण्ड कन्स्ट्रक्शनसँग सम्झौता गरिएको छ ।

पोखराको महेन्द्रपुलसहित पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, शहीदचोक, जिरोकमी, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गरेको छ ।

पोखरामा यसअघि विसं २०५६ मा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखे पनि नियमित मर्मतको अभावमाा चार/पाँच वर्षपछि नै बिग्रिएका थिए ।

महानगरले पुनः डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो । ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्याण्डमा बसेका प्रहरीले हातको इशारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

जसका लागि एउटै चोकमा दुईभन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजार क्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट शहरको सुन्दरतासँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गरे। उनका अनुसार शुरुआतमा बत्तीको नियम पालना गराउनका लागि प्रहरी चोकहरुमा प्रहरी परिचालन गर्नुपर्ने भए पनि पछि कम जनशक्ति भए पुग्छ ।

कास्कीमा दैनिक ९० देखि १०० को हाराहारीमा ट्राफिक प्रहरी राजमार्ग तथा बजार क्षेत्रमा परिचालित हुँदै आएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : १५ बजे

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र