५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चार महिनामा एकपटक पनि पुगेनन् स्वास्थ्यकर्मी



डोल्पा । उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ ।

स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो ।

अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् । शे-फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् ।

स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताए ।

“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भने । साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनीहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको बताइएको छ ।

तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाको भनाइ छ । “स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन, कति बिरामी आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने गरेका छन्”, लामाले भने । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, र्याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं