२७ श्रावण २०८३, बुधबार | August 13, 2026

डोल्पालीलाई प्रतिपरिवार ६० केजी चामल, नुनको हाहाकार कायमै



जाजरकोट । डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ ।

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी मात्र दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताए ।

सदरमुकाममा एक हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उनको भनाइ थियो । त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा एक सय ५० क्विन्टलमात्र चामल रहेको र सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उनको भनाइ थियो ।

लिकु, सर्मी, सहरतारालगायत डिपोहरुमा लामो समयदेखि चामल नभएको अवस्था छ । यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन् । सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन् । कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन् । पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका सात स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ । तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेसनका डोल्पा शाखाले बताएको छ । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ । उपल्लो डोल्पामा नुन र चामल पाँच वर्षदेखि ढुवानी हुन सकेको छैन । सदरमुकामलगायत ठाउँमा समेत भेरी करिडोरको सडक मर्मतसम्भारमा ढिला भएका कारण ढुवानीमा समस्या भएको हो । सदरमुकामबाट अहिले प्रतिव्यक्ति तीन पोका नुनमात्र विवतरण हुँदै आएको छ । भेरी करिडोरभित्र रहेको तल्लु, चौखा, रुपगाड, छलगाडमा पुल नहुँदा ढुवानीका काममा बाधा पुग्दै आएको छ ।

यता जाजरकोटमा रहेको गाउँका डिपोमा समेत एक गेडा चामल नभएको पाइएको छ । डिपोमा चामल आउला र दसैँ मनाउला भनेर आशामा बसेका जाजरकोट जुनिचाँदे–७ रजुतराका रामबहादुर बुढाले निराश व्यक्त गरे । दसैँअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनीजस्तै धेरै स्थानीयवासी समस्यामा परेका छन् । दसैँअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्न पीरलो छ । स्थानीय बजारमा चामल पाउन मुस्किल छ । पाइए पनि निकै महँगो पर्छ । खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन । वर्षातमा बिग्रेको बाटो अझै नबनेका कारण पनि जुनिचाँदेवासी थप समस्यामा छन् ।

सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य सङ्कट झेलिरहेका स्थानीयवासी चर्को मूल्यको मारमा परेका छन् । बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन । रजुतरामा मात्र होइन जुनिचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो ।

नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा यतिबेला चामल अभाव देखिएको छ । ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिबेला रित्तै छन् । नयाँ बाली नपाकेको, वर्षातले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा चामल नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको ठूलो समस्या परेको छ । खाद्य जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गत २० असोजमा यहाँका खाद्य डिपोमा चामल ढुवानीका लागि टेन्डर स्वीकृत भएको र १५ दिनभित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताए । पन्ध्र दिनको म्याद भए पनि सम्भव भएसम्म पाँच दिनभित्र सम्झौता गरी दसैँअघि नै चामल ढुवानी गर्न आग्रह गरे पनि बाटोघाटो बिग्रेका कारणले ठेकेदारले चामल ढुवानी गर्न र सम्झौता गर्न आनकानी गरेको उनले बताए । केही समयअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले पनि दसैँअघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो । चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमबी बिल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ ।

त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला टे«डर्स नेपालगन्जको नाममा टेण्डर स्वीकृत भएको छ । चौखा सात सय ५० क्विन्टल, नायकवाडा एक हजार क्विन्टल, टापुचौर पाँच सय क्विन्टल, ताँगाचौर सात सय ५० क्विन्टल, रजुतरा सात सय क्विन्टल, दशेरा र पजारुमा पाँच÷पाँच सय क्विन्टल चामलको कोटा स्वीकृति भएको प्रमुख पौडेलले बताउनुभयो । पजारु र दशेरा नेपालगन्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम खलङ्गाबाट हुनेछ । प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा मोटो चामल पाइन्छ भने मसिनो चामल झन्डै एक सय रुपैयाँ प्रतिकेजी पर्छ । “शाखा कार्यालयमा करिब चार सय ५० क्विन्टल मसिनो चामल गत वर्षकै मौज्दात छ । त्यसले जेनतेन धानिरहेका छौँ ।” उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ०४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको