२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नाजिर हुसेनको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । न्युयोर्कमा सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन ।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन । रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन ।

भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो ।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन । भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५७ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको