१३ श्रावण २०८३, बुधबार | July 29, 2026

५८ बोतल तेजाबसहित व्यापारी पक्राउ



जनकपुर । जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ ।

शनिबार श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा तेजाबका बिक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनाका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहले बताइन् । चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उनको विवाह भएको थियो ।

विवाह भएको केही समयपश्चात् नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताइन् । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन् । रासस

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : २६ बजे

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको