४ पुस २०८२, शुक्रबार | December 20, 2025

लागु औषध कारोबारमा नेपाल प्रहरीका मोष्ट वाण्टेड ‘कल्लु’ ब्राउनसुगर सहित भारतीय प्रहरीबाट पक्राउ



नेपालगञ्ज । लागु औषधको कारोबारमा कुख्यात नेपाल प्रहरीको खोजि सूचिमा रहेका कल्लुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । नेपाल भारत सीमाको मुख्य बजार भारतको रुपैडियाबाट कल्लु सहित अन्य तीन जना नेपालीलाई दुई सय ६० ग्राम ब्राउनसुगर सहित एसएसबी र भारतीय प्रहरीको संयुक्त टोलिले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११, त्रिभुवनचोकका कल्लुको साथबाट एक सय २० ग्राम ब्राउनसुगर बरामद भएको एसएसबीले जनाएको छ । कल्लु लागु औषध कारोबारकै मुद्दामा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति भएको बुझिएको छ ।

एसएसबीका अनुसार भारतीय प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा न. ८, रानीतलाउका पवनकुमारको साथबाट ८० ग्राम ब्राउनसुगर बरामद गरेको छ भने बर्दिया बढैयातालका रोहितचन्द्र ठकुरीको साथबाट ६० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनाको विरुद्धमा भारतीय कानुन बमोजिम मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको भारतीय प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको