२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

नेकपामा महासंकट : १५ घण्टाभित्र दुई पटक राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १८ घण्टाको बीचमा दुई पटक भेट गरेका छन् ।

मंगरबार मध्यरातमा राष्ट्रपति भण्डारीलाई भेट गरेका ओलीले आज पनि राष्ट्रपतिलाई शितल निवासमा पुगेर भेट गरेका ह्न । पार्टीभित्र महासंकट देखिएको अवस्थामा प्रधानमन्त्रीको तारन्तार राष्ट्रपतिसँग भैरहेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपाको विवादबारे चासो राख्दै राष्ट्रपति भण्डारीले मंगलबार साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर ओलीसँग मिल्न सुझाव दिएकी थिइन ।

ओलीले आज दिउँसो १ बजे बोलाइएको पार्टी सचिवालय बैठक स्थगित गर्नुपर्ने अडान राख्दै आएका छन् भने प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यहरुले निर्धारित समयमै बैठक बस्नुपर्ने बताएका छन् । पार्टीभित्रको सबै विवाद, अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि बैठकमा छलफल गर्नुपर्ने प्रचण्ड पक्षीय नेताहरुको माग छ । ओलीले भने प्रचण्डको राजनीतिक प्रस्ताव झुठको पुलिन्दा भएको भन्दै त्यसलाई अस्वीकार मात्रै गरेका छैनन्, त्यो फिर्ता नभएम्म बैठक बस्न नसक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले बैठक छल्नैका लागि दिउँसो १ बजे नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए । यद्यपी, ओलीले मन्त्रिपरिषद् बैठक १ घण्टा पर सारेका छन् । बैठक सारेपछि सचिवालय बैठक बस्ने भएको छ ।

महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई फोन गरेर ओली बैठकमा उपस्थित हुनेबारे जानकारी गराएका छन् । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक राख्दा सन्देश गलत जाने भएका कारण बैठक सार्न उनी निकट नेताहरुले सुझाव दिएका थिए । नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले पनि बैठक पूर्वनिर्धारित समय दिउँसो १ बजे बालुवाटारमै बस्ने जनाएका छन् ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ४५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात