५ पुस २०८२, शनिबार | December 20, 2025

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगञ्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान कोहलपुरमा मृत्यु भएको हो ।

तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६ दाङका ५६ वर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान २ः२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाको आशंकामा कात्तिक २४ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २५ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनी २६ गतेसम्म होम आइसोलेसनमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २७ गते बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिफ्ल्यु, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान २ः२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ४७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता