४ पुस २०८२, शुक्रबार | December 19, 2025

अछाम र दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बिहिबार बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बिहिबार बिहान तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, बरुवागाउँ दाङका ८१ बर्षिय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहान ३:३० बजे र टुर्माखाड गाउपालिका ३, भैरबस्थान, अछामका २५ बर्षीय युवाको साझ ५:१० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दाङका पुरुषको कोरोनाको आशंकामा कात्तिक २८ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपश्चात उनलाई उपचारका लागि २८ गते साँझ भेरी अस्पताल नेपालगन्जमा ल्याई भर्ना गरिएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई सम्पुर्ण विधि अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान ३:३० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै भिरबाट खसेर टाउकोमा चोट लागि गम्भिर घाइते भइ उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएका अछामका २५ बर्षीय पुरुषको ३० गते पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाइ अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार भइ रहेको उनको सम्पुर्ण विधि अपनाएर उपचार गर्दै गर्दा बिहिबार साझ ५:१० बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो संगै बाँकेमा उपचारका क्रममा जिल्ला बाहिरका ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ८ : २९ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित