३१ भदौ २०८३, बुधबार | September 16, 2026

पोखरा महानगरमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा एक साता स्थगित



कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ कर्मचारी कोभिड-१९ संक्रमण भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए।

उनले भने, ‘उपप्रमुख आफै सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालय लगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।”

महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ५२ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै