११ असार २०८३, बिहिबार | June 26, 2026

क्यान गर्यो बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस



काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो ।

कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने जानकारी दिए । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किनुभएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा