१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

धोबीखोला करिडोरको १६ किमी कालोपत्र सम्पन्न



काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा हेरिएको धोबीखोला करिडोर निर्माण १६ किलोमिटर कालोपत्र सकिएको छ । खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सो करिडोरको स्थलगत निरीक्षण गर्दै सडक चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले काठमाडौँको सुन्दरताका रुपमा रहेको करिडोरमा कुरुपता आएकाले त्यसाई हटाउनुपर्नेमा जोड दिए ।

ललितपुर र काठमाडौँको सीमामा पर्ने शङ्खमूलबाट शुरु भएर धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म करिडोर रहेको छ । सो करिडोरअन्तर्गत बिजुलीबजारको पुलमुनि सडक खुला नभएको उनले बताए । उनले भने, “प्राविधिकले बिचार नपु¥याएको भए पनि त्यो ठाउँमा एक वर्षभित्रमा गाडी आवतजावत गर्न सक्ने गरी खुलाइनेछ ।”

मन्त्री श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी हटाउन, सरसफाइमा ध्यान दिन र कालोपत्र गर्न बाँकी सडक सम्पन्न गर्न पनि निर्देशन दिए । निर्माणाधीन सडकमा दूरसञ्चार संस्थानले ठाउँठाउँमा खनिरहेको देख्न सकिन्छ । उनले  सो स्थानमा संस्थान र प्राधिकरणबीच समन्वय आवश्यक रहेको बताए। सडकमा रहेका मङ्गालका कारण सडक दुर्घटना हुने भन्दै उनले तत्काल त्यसलाई पुर्न पनि निर्देशन दिए । उहाँले पैदलयात्रु मार्ग व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । उनले भने, “यी सबै कुरामा ध्यान दिन सके करिडोरले काठमाडौँको सुन्दरता बढाउनेछ ।”

करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी रु तीन अर्ब ५० करोड खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाले विसं २०५६ मै करिडोरको निर्माण गर्ने भने पनि अघि बढाउन सकेको थिएन । सरकारले महानगरले नसकेपछि विसं २०६३ मा आयोजना सञ्चालनको जिम्मेवारी प्राधिकरण ९तत्कालीन नगर विकास समिति० लाई दिइएको थियो । शुरुका दिनमा दुवैतर्फ घरैघर भएकाले आयोजना सम्भव नभएको धेरैलाई लागेको प्राधिकरणका विकास आयुक्त डा। भाइकाजी तिवारीले बताए । सडक निर्माणभन्दा मुआब्जामा बढी लगानी भए पनि सडकको दीर्घकालीन महत्व हेरेर निर्माण शुरु गरिएको थियो । उनले भने, “जम्मा लले भने गानीमध्ये ७० प्रतिशत मुआब्जामा र बाँकी ३० प्रतिशत मात्रै निर्माणमा खर्च भएको छ ।”

करिडोरमा पर्ने घर, टहरालगायतका संरचना हटाउँदै सडक निर्माण गरिएको छ । सडक निर्माणस्थल खाली गराउने काम झण्डै ९९ प्रतिशत सकिएको प्रमुख तिवारीले जानकारी दिए । सडकमा अहिले पाँच वटा घर मात्रै हटाउन बाँकी छ । उनीहरुले मुआब्जामा चित्त नबुझाएकाले हटाउन बाँकी भएको उनले जानकारी दिए । सडकमा पूरै घर हटेकालाई क्षतिपूर्ति बापतको रकम दिइएको छ । आफ्नो नाममा जग्गाधनी पुर्जा नभएका स्ववासीलाई पनि अन्यत्र घर बनाउन रकम दिइएको उनले बताए ।

करिडोर चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पहिराका कारण चालू आवमा सम्पन्न गर्न नसकिने देखिएको प्राधिकरणले जनाएको छ । पहिले सडकमा ढल र सडक निर्माणको काम फरकफरक कम्पनीले गरेको भए पनि अहिले एउटै निर्माण कम्पनीमार्फत अघि बढाइएको प्रमुख तिवारीले बताए । उनले भने, “एउटै कम्पनीले गर्दा समन्वयको समस्या हुँदैन ।”

काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले सरकारले वाग्मतीलगायतका सहायक खोलामा करिडोर निर्माण शुरु गरेको छ । तीमध्ये कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् भने कतिपयमा शुरु भएको लामो समयमा समेत सम्पन्न भइसकेको छैन । वाग्मती, मनोहरा, हनुमन्ते, धोवीखोला, विष्णुमती, नख्खुलगायतका खोलामा करिडोर निर्माण भइरहेको छ । यी करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्नेछन् । यसले गर्दा उपत्यकाका बढी सवारी चाप हुने सडकको चाप कम हुने अपेक्षा गरिएको छ । अनुगमनमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिरणका प्रमुख तिवारी, मन्त्रालय र प्राधिकरणका कर्मचारी सहभागी थिए । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१