१३ श्रावण २०८३, बुधबार | July 29, 2026

शनिबार थपिए कोरोना भाइरसका १६७४ संक्रमित, हालसम्म १३०५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको नयाँ तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४४ पीसीआर परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गर्दा २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

शनिबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

शनिबार निको हुनेको संख्या २३२३ रहेको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेहरु १ लाख ९३ हजार ३२५ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । देशभर १३ सय ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ४ : १७ बजे

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न